मानब

By @vasuji12/29/2017nepali-poem

https://i.pinimg.com/736x/a7/ea/b4/a7eab4b0805c06c825175f9bcf03411f--pregnancy-art-pregnancy-guide.jpg
Image Courtesy


शून्यबाट एक्काशी यो धर्तीमा ओर्लियो ।
बिचित्रको संसारमा एउटा चित्र थपियो ।
कालो, धुलो, मैलोको जालोमा बेरियो ।
समय एक उदेश्य अनेक लिएर दौडियो ।
संघर्षको जीबनमा तछाड मछाड हाकिदै,
बास्ना र तृप्तीका पछाडि बांगीदै र जेलिदै,
कहिले स्वप्नमा बर्बरायो अनि करायो ।
कहिले बिपनामै एकतमासले बहुलायो ।
आफैलाई बुझ्न नसकी दुनिया के हो बुझायो ।
हिजो जन्मी खेली आज भोलि खरानीमा हरायो ।


3

comments